Section 10A
कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने
: लागू औषधको अनुसन्धानको सिलसिलामा औषध नियन्त्रण अधिकारीले मुद्दा अनुसन्धान गर्ने वा हेर्ने अधिकारीबाट आदेश भएमा लागू औषधसंग सम्बन्धित कुनै व्यक्तिको टेलिफोन, टेलेक्स, फ्याक्स, जस्ता इलेक्ट्रोनिक प्रविधिहरुको टेप गर्न, प्रतिलिपि लिन वा फोटो खिच्न र कुनै चिठ्ठी–पत्र, पार्सल, डकुमेण्ट जस्ता हुलाकबाट प्राप्त हुने कुनै पनि कागज–पत्रको सेन्सर गर्न सक्नेछ ।